• २०८३ जेठ २२
  • 2026 June 05, Friday

काठमाडौंमा चल्न थाल्यो ‘आदिपुरुष’

काठमाडौं । दक्षिण भारतीय  फिल्म ‘आदिपुरुष’ काठमाडौं उत्यकाभित्र प्रदर्शनमा आएको छ ।

बिहीबार ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादलाई लिएर विवाद भएसँगै बिहानी शो रद्द गरिएको थियो ।

नेपालको ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले ११ बजेदेखि काठमाडौं उपत्यकामा फिल्म प्रदर्शन गरेको क्युएफएक्सकी बजार प्रबन्धक तृप्ती गिरीले बताइन् ।

‘११ बजेपछि हामीले आदिपुरुष चलाइरहेका छौं । विवादित संवाद हटाएर नै हामीलाई फिल्म पठाइएको थियो । तर मानिसहरू आक्रोशित देखिएपछि सुरक्षा दिन नसकिएला भनेर फिल्म रोकेका हौं । अब फिल्म नियमित प्रदर्शन हुन्छ,’ उनले भनिन् ।

विवादित स‌ंवाद नेपालमा मात्रै हटाइएको हो । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद भारतबाट पनि नहटेसम्म काठमाडौंमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने बताएका छन् । उनले उक्त संवाद हटाउन तीन दिनको समय दिएका छन् ।

ओम राउतले निर्देशन गरेको फिल्ममा प्रभास रामको भूमिकामा देखिएका छन् भने कृति सेनन सीताको भूमिकामा देखिएकी छन् । सैफ अली खान रावणको भूमिकामा देखिएका छन् ।

रामायण कथामा आधारित भएर चलचित्र निर्माण गरिएको छ ।