
काठमाडौं । बलिउड अभिनेता सनी देओलका छोरा करण देओलले विवाह गरेका छन् ।
भारतीय सञ्चारमाध्यम पिंकभिलाका अनुसार आइतबार उनले दृशा रायसँग विवाह गरेका हुन् ।
करण र दृशाको गतवर्ष नै इन्गेजमेन्ट भएको खबर बाहिरिएको थियो । करणको म्यानेजरले उक्त खबर झुटो भएको बताएका थिए ।
दृशा फिल्मकर्मी विमल रायकी नातिनी हुन् । विमलले ‘बीघा जमीन, परिणीता, देवदास, सुजाता, बन्दिनी’ जस्ता फिल्म बनाएका थिए ।
करणले ‘पल पल दिलके पास’ बाट बलिउड फिल्ममा डेब्यू गरेका थिए । उनी आगामी फिल्म ‘आपने २’ मा देखिनेछन् । यो फिल्ममा करणसँगै सनी देओल, धमेन्द्र देओल र बबी देओलको मुख्य भूमिका रहनेछ ।