प्रतितोला आठ सय रुपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । अघिल्लो कारोबार दिन अर्थात् मंगलबार प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला आठ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य ४५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार चाँदी प्रतितोला १ हजार ४ सय ३० रुपैयाँमा किनबेच भएको थियो ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१