• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

‘मलाई पक्रने रुसको योजना असफल भयो’, युक्रेनका राष्ट्रपतिले नयाँ भिडियोमा के भने ?

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शनिबार एउटा नयाँ भिडियो सन्देश जारी गरेका छन् । जसमा उनले रसियाकाे याेजना विफल पारेकाे दाबी गरेका छन् ।

उनले भनेका छन्, हिजो राती रुसी सेनाले आफूलाई पक्रने र आफ्नाे स्थानमा रुसकाे नेता नियुक्त गर्ने रसियाको योजना विफल पारेको दाबी गरेका हुन् ।

जेलेन्स्कीले सन्देशमा भनेका छन्, हामीले उनीहरुकाे याेजना बर्बाद गर्न सफल भयाैँ ।

उनले युक्रेनी सेनाको राजधानी किभ र वरपरका प्रमुख सहरहरूमा पूर्ण नियन्त्रण रहेको र युक्रेनको हरेक सहरमा रुसी सेनाले कडा लडाइको सामना गरिरहेको बताए ।

उनले रूसी जनतालाई आफ्ना राष्ट्रपतिलाई आक्रमण रोक्न दबाब दिन आग्रह पनि गरे ।

उनले आफ्नो भाषणको केही अंश रुसी भाषामा दिए र भने- ‘हजारौँ पीडित, सयौँ कैदीलाई किन युक्रेन पठाइएको हो, उनीहरूलाई यहाँ मर्न र अरूलाई मार्न पठाइएको हाे ।’

‘जति चाँडो तपाईंले आफ्ना सरकारलाई यो लडाईँ तुरुन्तै बन्द गर्नुपर्छ भनेर भन्नुहुन्छ, मानिसहरू बाँच्न सक्षम हुनेछन् ।’

जेलेन्स्कीले पहिले ट्वीटरमा किभको सडकमा हिँडिरहेको भिडियो पोस्ट गरेका थिए, जसमा उनले आफ्नो सेनालाई रसियासमक्ष आत्मसमर्पण गर्न आदेश दिएकाे भन्ने कुरा गलत भएकाे बताएका थिए ।

उनले उक्त भिडियोमा भनेका थिए, ‘म यहाँ छु । हामी हतियार उठाउने छैनौँ । हामी हाम्रो देशको रक्षा गर्नेछौँ ।’