
काठमाडौं । चर्को ब्याज असुलेको आरोपमा ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा राजविराज–६ का मनोजकुमार दास, राजविराज–५ का शिवनारायण यादव र राजविराज–३ का तारिणीप्रसाद साह रहेको सप्तरीका प्रहरी प्रमुखले जानकारी दिएका छन् ।
पक्राउ गरिएकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।