रश्मिकाले सुरु गरिन् ‘पुष्पा २’ को छायांकन

काठमाडौं । अभिनेत्री रश्मिका मन्दानाले फिल्म ‘पुष्पा २’ छायांकन सुरु गरेकी छन् । सामाजिक संजालमार्फत उनले फिल्म सुरु गरेको जानकारी दिएकी हुन् ।

‘पुष्पा २’ हिट फिल्म ‘पुष्पा : द राइज’ को सिक्वेलको रुपमा निर्माण हुन लागेको हो । फिल्ममा रश्मिकाको पहिलो पार्ट झै श्रीवल्लीको भूमिका छ ।

‘पुष्पा : द राइज’ मा अल्लु अर्जुन मुख्य भूमिकामा थिए । फिल्ममा अल्लु अर्जुनको अपोजित भुमिकामा उनी थिइन् । दर्शकले दुबैलाई जोडी रुचाएका थिए । अव पनि रुचाउने अपेक्षा निर्माण युनिटको छ ।

रश्मिका पछिल्लो समय निकै व्यस्त छिन् । केही दिनअघि मात्रै उनले रणवीर कपुरसँग ‘एनिमल’ को सुटिङ सकाएकी थिइन् ।

 

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१