कार्तिक र कियाराको फिल्म ‘सत्यप्रेमकी कथा’ ले कति कमायो ?

काठमाडौ । बलिउड अभिनेता कार्तिक आर्यन र कियारा आडवानी अभिनीत फिल्म ‘सत्यप्रेमकी कथा’ प्रदर्शन भइरहेको छ । बकर इर्दको अवसर पारेर प्रदर्शन गरिएको फिल्मले पहिलो दिन ९ करोड २५ लाख भारू कमाएको छ ।

हिन्दी फिल्म बजार विश्लेषकले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन् । फिल्मलाई दर्शक र समीक्षकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।

यो फिल्मको लागत ६० करोड भारू बताइएको छ ।

फिल्ममा कार्तिक एक गुजराती युवाको भूमिकामा देखिएका छन् । जो आफ्नो विवाहको लागि केटी खोजिरहेका हुन्छन् । उनको जीवनमा कियारा आउँछिन् । त्यसपछि उनीहरूको जीवनमा आउने उतारचढाबलाई फिल्ममा देखाइएको छ ।

समीर विदवान्सले निर्देशन गरेको फिल्ममा कार्तिक र कियारासँगै सुप्रिया पाठक, गजराज राव, सिद्धार्थ रेन्देरिया, अनुराधा पटेल, राजपाल यादव, निर्मित सावन्त, शिखा तल्सानियालगायत कलाकारको अभिनय छ ।

साजिद नाडियाडवाला, शरीन मन्त्री केडिया र किशोर अरोराको लगानी रहेको फिल्मको कथा करण श्रीकान्त शर्माले लेखेका हुन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१