यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ८३ पैसा र बिक्री दर १६९ रुपैयाँ ६० पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९३ पैसा र बिक्री दर ३६ रुपैयाँ १० पैसा रहेको छ ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८८ पैसा र बिक्री दर १३१ रुपैयाँ ४८ पैसा पुगेको छ ।

युरो एकको खरिद दर १४६ रुपैयाँ ६२ पैसा र बिक्री दर १४७ रुपैयाँ ३० पैसा रहेको छ ।

त्यस्तै, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।