
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले शुक्रबार अस्पतालबाट दिइने सेवा बन्द गरेको छ ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको फार्मेसी इन्चार्ज अमृत पोखरेल असार २९ गते बिहान स्पतालको स्टोरमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।
आज दिउँसो १२ : ४५ मा श्रद्धाञ्जली सभा राखिएकाले ओ.पि.डी लगायतका सेवा सञ्चालन नहुने अस्पतालले जनाएको छ । तर इमर्जेन्सी सेवा भने सञ्चालन हुनेछन् ।
प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । झुण्डिएको घटना घट्नु अगाडीका केहि दिन पोखरेल निकै तनावमा रहेको उनको सहकर्मीहरूले बताएका थिए ।