• २०८३ असार १४
  • 2026 June 28, Sunday

एमाले अध्यक्ष ओली र नेपाल भ्रमणमा रहेका सीपीसी नेता युआनबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका पोलिटब्युरो सदस्य युआन जियाजुनबीच भेटवार्ता भएको छ।

युआनसहितको चिनियाँ टोलीले मंगलबार बिहान च्यासलस्थित एमाले मुख्यालयमा पुगेर अध्यक्ष ओली महासचिव शंकर पोखरेललगायतका एमाले नेतासंग भेटवार्ता गरेको हो ।

भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको बताइएको छ ।

तीन दिनदेखि नेपाल भ्रमणमा रहेका जियाजुनले यसअघि रोममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भर्चुअल कुराकानी गरेका थिए ।

श्रीलंका भ्रमण सकेर आज काठमाडौं आएका उनले, राष्ट्रपति रामचन्द्र पौडेललगायत विभिन्न राजनीतिक भेटघाट गरिसकेका छन् ।