• २०८३ साउन ७
  • 2026 July 23, Thursday

प्रहरी बरिष्ठ हबल्दार सिंह घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी बिभाग बुढानिलकण्ठ, काठमाडौंमा कार्यरत प्रहरी बरिष्ठ हबल्दार बिष्णु सिंहलाई एक लाख घुससहित पक्राउ गरेको छ ।

खोलाको ढल सरसफाई तथा निकास गर्दा निस्किएको बालुवा व्यवस्थापन गर्न सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियारले हबल्दार सिंहलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा पक्राउ गरेको जनाएको छ । श्रोत नखुलेको ६२ हजार ५१५ सहित उनलाई बुढानिलकण्ठ –२ बाट बुधबार नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको जनाएको छ ।