फेरि रेकर्ड नजिक पुग्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेर फेरि ऐतिहासिक रेकर्ड नजिक पुगेको छ ।

अघिल्लो दिन अर्थात् बुधबार तोलामा ५ सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य ३५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार चाँदी प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।