प्रतितोला नौ सय रुपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख १३ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ ।

बिहीबार प्रतितोला १ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रुपैयाँ घटेको हो ।