पाँच दलीय गठबन्धनसँग एमाले एक्लै चुनाव लड्न तयार छ : ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनसँग आफू एक्लै लड्न तयार रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ओलीले भने- ‘पाँचै दल मिलेर आउन्, एमाले एक्लै लड्न तयार छ । हेर्नुहोला कतिका घुँडाका छाला खुइलिएर जान्छन् । अबको चुनाव जुन भए पनि परिणाम पर्खनुस्, परिणाम हेर्नुस् ।’

उनले आफ्नो सरकारलाई भने जति काम गर्न नदिएको आराेप पनि लगाए । ‘हामीले कामै गर्न नदिएको भनेको होइन । जति काम गर्न खोजेका थियौँ त्यति दिएनन्’, उनले भने, ‘अहिले सडक हेर्नुस् त, विकास हेर्नुस् त । केही ठाउँमा माधव र प्रचण्डका कार्यकर्ताले भत्काएका छन् । त्यो पनि हामी बनाउँछौँ ।’

अध्यक्ष ओलीले कुनै पनि दातृ मित्रराष्ट्र कसैसँग पनि सहयोग सहकार्य, कुनै विषयमा ठोस रूपमा समयमै बिचार गर्नुपर्ने पनि बताए । राष्ट्रिय आवश्यकता र प्राथमिकताका आयोजनामा बाह्य सहयोग र लगानी हामी स्वीकार्ने बताए ।

उनले सम्झौता गर्नुभन्दा अगाडि त्यसमा रहेका भाषा कस्तो रहेको त्यसलाई हेर्नुपर्ने बताउँदै एमसीसी सम्झौता अहिले सरकारमा रहेका गठबन्धन दलले नै गरेको बताए । उनले ओली सरकारलाई पास गर्न दिएर किन जस दिने, ओली सरकार ढालेपछि पास गर्ने भनेर गठबन्धन लागेको र सोही अनुसार पास गरिएको दाबी पनि गरे ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१