काठमाडौं । नेपाल सदभावना पार्टी (नेसपा) र नागरिक उन्मुक्त पार्टी (नाउपा) ले पार्टी एकता गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरी र सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोबीच तीन बुँदे सहमति भएको छ ।
आगामी एकता महाधिवेशन सम्मका लागि एकीकृत पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी हुने बताइएको छ ।
दुवै पक्षवीच सम्झौता भए पश्चात महाधिवेशन सम्म झण्डा, चुनाव चिन्ह, छाप र विधान नागरिक उन्मुक्ति पार्टीले प्रयोग गर्दै गर्ने र केन्द्रीय निकायदेखि स्थानीय तहसम्म पदाधिकारी तथा सदस्यहरुको समायोजन दुवै पार्टीबीच आन्तरिक सहमति अनुसार हुने उल्लेख छ ।
