• २०८३ असार १४
  • 2026 June 28, Sunday

टोपबहादुर सांसदबाट निलम्बन भएको जानकारी आज गराइने

काठमाडौं । नेकपा (एमाले)का सांसद टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी आज संसद्लाई गराइने भएको छ ।

नेपालीलाई नक्कली भुटानी बनाएर शरणार्थी बनाउने प्रकरणमा रायमाझी असार १ गते पुर्पक्षका लागि थुनामा पठाइएका थिए ।

२०७९ को नियम २४८ को उपनियम ९३० को व्यवस्थाअनुसार उनी त्यतिबेलै निलम्बित भए पनि आज संसद्लाई जानकारी गराइन लागिएको हो ।

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेलाई बोलाइएको थियो। तर, एक घन्टा बित्न लाग्दा पनि अझै पनि सुरू भएको छैन।

एमालेले आजको बैठक पनि अवरोधको तयारी गरेको छ । उसले सुन काण्डमा उच्चस्तरीय छानबिन समितिको माग राख्ने संसद् अवरोध गर्दै आइरहेको छ ।