पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँले बढ्यो मुल्य

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।

नेपाल आयल निगमले एक सूचना जारी गर्दै मंगलबारदेखि लागू हुनेगरी इन्धनको मूल्य वृद्धि गरेको हो ।

निगमको आज बसेको बैठकले मूल्य समायोजन गरी स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोल प्रतिलिटर ९ र डिजेल-मट्टितेलमा ७ रुपैयाँले वृद्धि गरेको जनाएको छ ।

यससँगै अब नयाँ मूल्यअनुसार तेस्रो वर्गको पेट्रोल १७३, दोस्रो वर्गको १७२ र तेस्रो वर्गको पेट्रोल १७०.५० रुपैयाँ प्रतिलिटर पर्न गएको छ ।

त्यस्तै, एलपीजी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँले घटेको छ ।

इण्डियन आयल कर्पोरेशनबाट मंगलबार आएको नयाँ मूल्यअनुसार पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर ८.१४ र ६.८६ रुपैयाँले वृद्धि भएको र एलपी ग्यासमा भने ११७.६२ रुपैयाँ घटेर आएको र सोही अनुसार मूल्य समायोजन गरिएको निगमको भनाइ छ ।