काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले, सरकारसंग विश्वास लागेन भनेर समानान्तर मन्त्रीपरिषद् बनाउँ भन्न नमिल्ने तर्क गरेका छन् ।
मंगलबार सुन प्रकरणबारे प्रतिपक्षीको माग अनुसार संसदमा जवाफ दिदैँ, उनले भने सरकार र सरकारी संयन्त्रलाई विश्वासै नगर्ने भन्ने कुराले कहिँ नपुग्ने तर्क गरे ।
‘सरकारले कानून लागू गर्छ । अब संसदलाई विश्वास भएन भनेर यो सरकारले के कानून लागू अर्को मन्त्रीपरिषद् समानान्तर बनाई दिउँ भन्न मिल्छ ?’ उनले भने ।
त्यस्तै सुन प्रकरणमा राज्यका अंगलाई विश्वास गर्न उनको सांसदहरुलाई आग्रह छ ।
‘राज्यको जुन निकायले अनुसन्धान गर्छ र अभियोजन गर्ने त्यसैलाई दिँदा राम्रो होइन् र ? दुर्नियत देखा पर्र्यो अपराधि लुकाउने भने त्यसपछि ल नयाँ शिराबाट अगाडि जाउँ भन्दा राम्रो होइन् र ? उनले भने ‘म सबै मित्रहरुलाई यो अनुरोध गर्न चाहान्छु । सरकार मुख्य रुपमा लाग्छ । सकरात्मक वातावरण बनाउँ । कसैलाई छुट निदिनेतर्फ जाँऔं ।’