
काठमाडाैं । बिहीबार सार्वजनिक बिदा हुने भएको छ । शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा सरकारले बिदा दिने निर्णय गरेकाे हो ।
उक्त पर्वको अवसरमा बिहीबार बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
ग्याल्पो लोसार बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड हो । यो चाड खासगरी शेर्पा जातीले मनाउने भएतापनि सांस्कृतिक घुलमिलका कारण अन्य जातिले पनि मनाउने गर्दछन् ।
नयाँ वर्षका रूपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गरेका छन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।