• २०८३ असार १४
  • 2026 June 28, Sunday

माओवादीको निर्णय- मोदीलाई मन्त्रीबाट हटाउने, जनमतलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री

काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।

आइतबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) जनमत पार्टीलाई सरकारमा ल्याउन प्रयासरत छन्। जसलाई सत्ता गठबन्धनले पनि साथ दिएको छ। मोदीको ठाउँमा जनमत पार्टी सरकारमा जाने भएको हो।

अब जनमत पार्टीकी नेतृ अनिता देवी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्ने देखिएको छ।