• २०८३ असार १४
  • 2026 June 28, Sunday

एमालेद्वारा संसदीय समिति बैठक बहिस्कार

काठमाडौं । नेकपा एमालेले लेखा समितिको बैठक बहिष्कार गरेको छ ।

सिंहदरबारमा बसेको बैठकमा आफूहरुको माग अनुसार समिति सभापति चयन नभएको भन्दै एमालेले बैठक बहिस्कार गरेको हो ।

संसदीय समितिको नेतृत्व चयन नभएपछि असन्तुष्टि जनाउँदै यसअघि बैठक बहिस्कारको चेतावनी दिएको एमालेका सांसद आजको समिति बैठकमै अनुपस्थित भएका हुन् ।

लामो समयदेखि संसद अवरुद्ध गराउँदै आएको एमालेले मिनि संसद समेत मानिने संसदीय समितिको बैठक समेत बहिस्कार गर्न थालेको छ ।