काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै छ ।
विहीबार सङ्घीय संसद भवन नयाँ बानेश्वरमा सो बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।
सङ्घीय संसद सचीवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोग नेपालको १५ औं वार्षिक प्रतिवेदन २०७७\७८ तथा सोह्रौँ प्रतिवेदन २०७८\ ७९ पेस गर्नेछन् ।