राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौं । राष्ट्रिय सभाको बैठक आजका लागि बोलाइएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि राष्ट्रिय सभा बैठक बोलाइएको हो ।

प्रतिनिधिसभाको बैठक भने मंगलबारका लागि मात्र बोलाइएको छ । प्रतिनिधिसभा अन्र्तगतका दश संसदीय समिति सभापतिका लागि सोमबार निर्वाचनको मिति तोकिएकाले बैठक मंगलबार मात्र बस्ने संसद सचिवालयले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१