काठमाडौं । बलिउड अभिनेता शाहरूख खानको फिल्म ‘जवान’ को दोस्रो गीत सार्वजनिक भएको छ ।
मंगलबार टि-सिरिज युट्युब च्यानलमार्फत फिल्ममा समावेश ‘रमैया वस्तावैया’ बोलको गीत सार्वजनिक गरिएको हो । यसअघि ‘जिन्दा बन्दा’ बोलको गीत सार्वजनिक गरिएको थियो ।
अनिरूद्ध रविचन्दर, विशाल ददलानी, शिल्पा रावको स्वर रहेको ुरमैया वस्तावैयाु गीतमा शब्द कुमारको र संगीत अनिरूद्ध रविचन्दरको छ । वैभवी मरचन्तले कोरियोग्राफी गरेको गीतको भिडिओमा शाहरूख र नयनतारालाई देख्न सकिन्छ ।
एटली कुमारले निर्देशन गरेको फिल्ममा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको अभिनय छ । फिल्ममा गौरी खानको लगानी छ ।
फिल्ममा शाहरूख डबल रोलमा देखिनेछन् भने नयनतारा पुलिस अफिसरको भूमिकामा देखिनेछिन् । फिल्ममा दीपिका अतिथि भूमिकामा देखिन लागेकी हुन् ।
जिके विष्णुले छायांकन गरेको फिल्मलाई रूबेनले सम्पादन गरेका छन् । हिन्दी, तमिल, तेलुगु भाषामा फिल्म ७ सेक्टेम्बरदेखि प्रदर्शन हुनेछ ।