काठमाडौं । नेकपा मालेका नेता सिपी मैनालीले व्याख्यात्मक टिप्पणीको अन्तराष्ट्रिय अर्थ नभएकोले जनताको आँखामा हाल्ने छारो हाल्ने काम मात्र भएको बताएका छन् ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले एमसीसी जनताको पक्षबाट असफल भएपनि संसदबाट स्वीकृत भएकोमा आपत्ति जनाएका छन् । अमेरिकाले कुनै पनि हालतमा एमसीसी सम्झौता संशोधन गर्न मन्जुर नभएको पटक–पटक जानकारी दिँदै आएको जिकिर गरे । संसदबाट पास गरेको व्याख्यात्मक घोषणा पत्रलाई नेता मैनालीले कथित व्याख्यात्मक घोषणाको संज्ञा दिए ।
जनआन्दोलनले एमसीसीविरुद्ध काठमाडौंको इन्द्रचोकमा फागुन २३ गते साढे १ बजे हुने विरोध सभामा सहभागी हुन आव्हान गरेको छ । संयुक्त जनआन्दोलनले एमसीसी सम्झौता खारेज नभएसम्म आन्दोलन जारी राख्ने पनि जनाएको छ ।
त्यस्तै उनले व्याख्यात्मक घोषणासहित संसदबाट जनताले विरोध गर्दागर्दै पनि पारित गरिएको आरोप लगाए । स्वस्थ र सैद्धान्तिक ढंगले संसदबाट एमसीसी पारित नगरिएको उनको भनाइ छ ।अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताविरुद्ध संयुक्त जनआन्दोलनले काठमाडौंमा बृहत विरोधसभा गर्ने भएको बताएका छन् ।
त्यस्तै उनले व्याख्यात्मक घोषणासहित संसदबाट जनताले विरोध गर्दागर्दै पनि पारित गरिएको आरोप लगाए । स्वस्थ र सैद्धान्तिक ढंगले संसदबाट एमसीसी पारित नगरिएको उनको भनाइ छ ।