• २०८३ जेठ २२
  • 2026 June 05, Friday

समीक्षा र सुजताले ल्याए ‘तीजमा नाच्न हिँडिन्छ’ गीत (भिडिओ)

काठमाडौं । समीक्षा अधिकारी र सुजता केसीको स्वरमा तीज गीत सार्वजनिक गरिएको छ ।

गायिका सुजता केसीको युट्युब च्यानलमार्फत ‘तीजमा नाच्न हिँडिन्छ’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतको भिडिओमा समीक्षा अधिकारी, सुजता केसी, पुष्प खड्का र किरण केसी फिचर्ड छन् ।

अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा पुरुषोत्तम सुवेदीको संगीत संयोजन छ ।

नवराज उप्रेतीले छायांकन गरेको गीतलाई शिलन लम्सालले सम्पादन गरेका छन् । गीतको भिडिओलाई माइकल चन्दले निर्देशन गरेका हुन् ।