• २०८३ जेठ २२
  • 2026 June 05, Friday

यस्तो छ कंगना रनावतको फिल्म ‘चन्द्रमुखी २’ को ट्रेलर (भिडिओ)

काठमाडाैं । बलिउड अभिनेत्री कंगना रनावत अभिनीत फिल्म ‘चन्द्रमुखी २’ को ट्रेलर सार्वजनिक भएको छ ।

आइतबार गोल्डमाइन युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा एक हवेलीमा १७ वर्षदेखि घुमिरहेको आत्माको कथा देखाइएको छ ।

पि वासुले निर्देशन गरेको फिल्ममा कंगना रनावत र राघव लोरेन्सको मुख्य भूमिका छ । फिल्ममा सुवास करण र मनिष शाहको लगानी छ ।

यो फिल्म हिन्दी, तमिल, तेलुगु, कन्नड र मलयालममा १९ सेक्टेबरदेखि प्रदर्शन हुनेछ ।

यो सन् २००५ मा प्रदर्शन भएको फिल्म ‘चन्द्रमुखी’ को सिक्वेल हो । यसमा रजनीकान्त र ज्योतिका मुख्य भूमिका देखिएका थिए ।

अभिनेत्री कंगना फिल्म ‘इमरजेन्सी’ प्रदर्शनको पखाईमा छिन् । यस फिल्ममा उनले इन्दिरा गान्धीको भूमिका निर्वाह गरेकी छन् । योबाहेक उनी ‘तेजस’ मा पनि देखिनेछिन् । ‘तेजस’ मा उनले पायलटको भूमिका निर्वाह गरेकी छन् ।