काठमाडौं । कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण गर्ने व्यक्ती राजावादी हुन् । लामो समयदेखि उनी राजाको पक्षमा वकालत गरिरहेका छन् । उनी हुन् नुवाकोटका श्याम सापकोटा । अहिले काठमाडौंको बालाजु क्षेत्रमा बस्दै आएका छन् ।
बुधबार रिपोटर्स क्लब, भृकुटीमण्डपमा भएको एक कार्यक्रममा कांग्रेस सहमहामन्त्री यादव बोलिरहेका थिए । उनी बोलेको ध्यानपूर्वक सुनेका व्यक्ती सापकोटापछि यादवमाथिनै आक्रमणमा उत्रिए ।
त्यहाँ एउटा यस्तो संयोग थियो मञ्चमा राजतन्त्रको बारेमा वकालत गर्ने अतिथि थिए भने सहि मञ्चमा राजतन्त्रको विरोध गर्ने, खुकरी प्रहार गर्ने दर्शकपनि राजावादी । ड्यासमा कांग्रेस नेता यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशमशेर राणा र दर्शकदिर्घामा खुकुरी प्रहार गर्ने श्याम सापकोटा । दृश्य सांयोगिक भएपनि कतिपयले राप्रपा महामन्त्री राणाको आडमा सापकोटाले खुकुरी प्रहार गरेको लख काटेका छन् ।
यादव रिपोर्टस क्लबमा बोलिसकेपछि राप्रपाका महामन्त्री धवलशमशेर जबरासँग कुरा गर्दै बाहिरिने क्रममा पिछा गरिरहेका सापकोटाले टाउकोमा खुकुरी प्रहार गरेका थिए । करिब बुधबार दिउँसो सवा १ बजेतिर सापकोटाले यादवमाथि खुकुरी प्रहार गरेका थिए ।
सापकोटाको योजनानै आक्रमण गर्ने रहेको उनले झोलामा राखेको खुकुरीबाटै थाहा हुन्छ । यादव बाहिर निस्किएपछि उनले धारिलो हतियार (खुकुरी) निकालि प्रहार गर्छन् । सँगसँगै निस्किएका राणालाई केहि नगरि यादवमाथि आक्रमण गरेका हुन् ।
सांघातिक आक्रमण गर्ने सापकोटाले अहिलेको व्यवस्था र नेतृत्वको प्रवृत्तिप्रति असन्तृष्टि जनाउने गर्दछन् । उनी वर्तमान सरकार, गणतन्त्रको विरोध हुने कार्यक्रमहरुमा सहभागि हुने गर्दछन् । सरकारको ठाडो विरोध गर्ने सापकोटा सञ्चार माध्यममा आइरहने व्यक्ती हुन् । राजावादीले माइतिघरमा महिनौदेखि आन्दोलन गरिरहेका छन् । त्यहाँ दैनिक बस्ने राजावादीसँगै उनी राजतन्त्रको वकालत गर्दथे ।
उनले रिपोर्टसमापनि सांघतिक आक्रमण पश्चात कांग्रेस, माओवादी र एमालेको विरोध जनाएका थिए । एमसिसिको मतियार र अमेरिकी दलाल भन्दै उनले यादवमाथि खुकुरी प्रहार गरेका हुन् । प्रहरीले हिरासतमा लिएपछि उनले भने ‘यो संविधान, यो कानुन र ३ करोड जनताको न्यायको लागि म यो साहस गरेको छु । म सेकेन्ड जङ्गबहादुर हुँ, नेपाली जनताले साथ दिए यो देशको विदेशी एनजिओ, आइएनजिओ सबै फर्काउँछु ।’
सापकोटाको प्रहारबाट यादवको टाउकोको पछाडिको भागमा गहिरो चोट लागेको र उनलाई खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिएको छ । यादवको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सहमहामन्त्री यादवको स्वास्थ्य अवस्था बुझ्न कांग्रेस सभापति शेरबहादुर देउवा ट्रमा सेन्टर पुगेका छन् । आक्रमण गर्नेप्रति खेद जनाउँदै कांग्रेसले काराबहीको माग गरेको छ ।
भिडिओ