काठमाडौं । एसिया कप अन्तर्गत आइतबार पाकिस्तान र भारतबीच खेल हुँदै छ । श्रीलंकाको कोलम्बोमा हुन लागेको सुपर फोरको खेलमा भोलि भारी वर्षाको खतरा देखिएको छ ।
कोलम्बोमा साताभर भारी वर्षा भइरहेको छ र खेलको दिन अर्थात् आइतबार आँधी आउने पूर्वानुमान गरिएको छ ।
श्रीलंकामा प्रिमनसुन मध्य अक्टोबरमा सुरु हुन्छ र सेप्टेम्बरमा धेरै वर्षा हुँदैन । वर्षाका कारण यो खेलको लागि रिजर्भ डे पनि राखिएको छ तर म्याच अफिसियलले सोही दिन खेल टुंग्याउने प्रयासमा हुनेछन् । त्यसकारण पनि खेल निर्धारित समयभन्दा साढे १ घण्टा थप गरिने इएसपीएनक्रिकइन्फोले जनाएको छ ।