• २०८३ जेठ २२
  • 2026 June 05, Friday

वर्षाका कारण स्थगित भारत र पाकिस्तानबीचको खेल आज हुने

  • २०८० भदौ २५, सोमबार ०४:५७

काठमाडौं । वर्षाका कारण स्थगित भएको एसिया कपको सुपर फोरमा भारत र पाकिस्तानबीचको खेल आज हुँदैछ ।

हिजो वर्षाको कारण खेल रोकिएको थियो । कोलोम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले हिजो २४ ओभर १ बलमा २ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको थियो ।

आज भारतले सोही अवस्थाबाट खेल सुरु गर्नेछ । वर्षा वाधक भएपछि भारत र पाकिस्तानबीचको खेल ‘रिजर्भ डे’ मा राखिएको थियो ।

त्यसैले खेल हिजो जहाँ रोकिएको थियो त्यहिँबाट सुरु हुनेछ । आज पनि खेल हुन सकेन भने खेल रद्द भइ दुबै टोलीले एक–एक अंक बाँड्ने छन् ।

  • २०८० भदौ २५, सोमबार ०४:५७