• २०८३ असार १५
  • 2026 June 29, Monday

समाजवादी मोर्चाले आज विराटनगरमा सन्देशसभा आयोजना गर्दै

काठमाडौं । समाजवादी मोर्चाले आज कोशी प्रदेशस्तरीय सन्देशसभा गर्ने भएको छ ।

यसअघि मधेस, लुम्बिनी, कर्णाली, गण्डकी र बाग्मती प्रदेशमा सन्देशसभा गरिसकेको मोर्चाले आज कोशीको विराटनगरमा सन्देशसभा राखेको हो ।

सभालाई प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्दलगायतले सम्बोधन गर्ने भएका छन् ।

सुदूरपश्चिमको घोषणा सभा भदौ १३ गते राखिएकोमा हालसम्म स्थगित छ ।