• २०८३ असार १५
  • 2026 June 29, Monday

मेरो जस्तो कष्टपूर्ण जीवन कसैको नहोस् : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जिवन निकै दुःखदायी तरिकाले बितेको बताएका छन् ।

शनिबार ‘बासँग विद्यार्थी ’ कार्यक्रममा विद्यार्थीका प्रश्नको उत्तर दिने क्रममा उनले आफ्नो जस्तो कष्टपूर्ण जिवन कसैको नहोस् भनेका हुन् ।

‘तपाई आफूलाई कति अब्ब राजनीतिज्ञ मान्नु हुन्छ ? तपाईको देशभक्तिजस्तै सफलताको कुरा के हो ?’ यस्तो प्रश्न विद्यार्थीको थियो । जवाफमा ओलीले आम राजनीतिज्ञभन्दा फरक शैलीमा आफू अब्बल राजनीतिज्ञ नभएको भन्दै आफ्ना केही असफलता सुनाए । नेपालविरुद्धको षडयन्त्रलाई पराजित गर्न नसक्नु अहिलेसम्म पनि आफ्नो असफलता रहेको ओलीले सुनाए । ओलीले अब्बल राजनीतिज्ञ नेपाली राजनीतिमा अहिले नरहेको भन्दै त्यस्तो व्यक्ति अब बालबालिकाबाट निस्किनुपर्ने बताए ।