• २०८३ साउन ११
  • 2026 July 27, Monday

एसिया कपको उपाधिका लागि आज भारत र श्रीलंका खेल्दै

काठमाडौं । एसिया कपको फाइनल खेल आज हुँदैछ।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समयअनुसार अपराह्न सवा ३ बजे उपाधिका लागि भारत र श्रीलंका आमनेसामने हुँदैछन्।

सुपर फोरमा पाकिस्तान र बंगलादेशलाई हराउँदै श्रीलंका फाइनल पुगेको थियो। सुपर फोरमा भारतसँग भने श्रीलंका ४१ रनले पराजित भएको थियो।

सुपर फोरको तीन खेलमध्ये भारत दुई खेलमा विजयी भएको थियो। पाकिस्तान र श्रीलंकमाथि विजयी भएर बंगलादेशसँग पराजित भएपनि भारत सुपर फोरको शीर्षस्थान कायम गर्दै फाइनल पुगेको हो।

फाइनलकै निम्ति भारतले विराट कोहली, हार्दिक पाण्ड्या, जसप्रित बुमराह, मोहम्मद शिराज लगायतका खेलाडीलाई बंगलादेशविरूद्ध खेलमा आराम दिएको थियो।

श्रीलंका एसिया कपको साबिक विजेता पनि हो। अघिल्लो वर्ष युएइमा पाकिस्तानलाई हराउँदै श्रीलंकाले उपाधि जितेको थियो।