• २०८३ असार १५
  • 2026 June 29, Monday

सरकारले पशुपतिको सुनलाई पित्तल भनेर एयरपोर्टबाट क्विन्टलका क्विन्टल सुन ल्यायो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको चर्को आलोचना गरेका छन् । बढ्दो महंगी र उपभोक्ता हित विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै गर्र्दै तस्करीलाई सत्तापक्षले पोलिटिकल एजेण्डा बनाएको बताए ।

उनले सरकार र गैरसरकार मिलि सुनकाण्डलाई साम्य पारेका बताए । उनले सुन ल्याउने गिरोहलाई गैरसरकार रहेको उल्लेख गरेका छन् ।
सरकारले सुन तस्कारी गरेको आरोप लगाएका छन् ।

बढ्दो महंगी र उपभोक्ता हित विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै गर्र्दै तस्करीलाई सत्तापक्षले पोलिटिकल एजेण्डा बनाएको बताए । उनले भने, ‘सरकारसँग सुन गाल्ने मेसिन एउटा छ । सरकारको पखेटा भन्ने कि के तिनिहरुसँग पहिले चारवटा भेटियो । अहिले एउटा गरी पाँचवटा मेसिन भेटियो। गैरसरकार भन्ने कि तस्कर भन्ने अब।’

उनले संसदमा पशुपतिमा सुन भनेर पित्तल लगाइयो भन्ने हल्ला चलाएर एरपोर्टबाट क्विन्टलका क्विन्टल सुन ल्याएको आरोप लगाए ।