• २०८३ असार १५
  • 2026 June 29, Monday

संविधान दिवस २०८० विशेष समारोहका बीच मनाइँदै

काठमाडौं । काठमाडौंको टुँडिखेलमा विशेष समारोहको आयोजना गरी संविधान दिवस (राष्ट्रिय दिवस) २०८० मनाइँदै छ ।

संविधान दिवसको अवसरमा आज आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उप– राष्ट्रपति राम सहायप्रसाद यादव, प्रधानन्यायधीश विश्वम्भर प्रसाद श्रेष्ठ ,रक्षामन्त्री पूर्ण बहादुर खड्का,सभामुखदेवराज घिमिरे,राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना,विधिन्न मन्त्री, तथा सांसदहरुका साथै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह लगायतका जनप्रतिनिधि र आम सर्वसाधारणहरुको विशेष उपस्थिति रहेको छ ।

नेपाली सेनाको दुईवटा हेलिकोप्टरबाट संविधान दिवस २०८० को विशेष अवसरमा पुष्प वृष्टि र ब्यानर प्रर्दशन गरिएको छ । समारोहमा विभिन्न झाँकी,कला कौशलको प्रर्दशन भैरहेको छ ।