शिक्षकहरूसँगको वार्ता अघि सरकार पक्षले गर्यो केही समय माग

काठमाडौं । आन्तरिक छलफलपछि सरकार पक्षले आन्दोलनरत शिक्षकहरूसँग केही समयको माग गरेको छ ।

शुक्रबार आन्तरिक छलफलपछि गृह मन्त्रालयमा शिक्षक प्रतिनिधिहरूसँग वार्ता अघि सरकार पक्षले शिक्षकहरूसँग समय माग गरेको हो ।

मन्त्रीहरूको आन्तरिक छलफलमा कार्यवाहक प्रधानमन्त्री खड्कासँगै रक्षा मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानूनमन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा रहेका थिए ।

आफ्नो माग पुरा नभएसम्म आन्दोलन जारी रहने उनीहरूको भनाई छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१