आठ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य आठ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

अघिल्लो दिन मङ्गलवार प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज १ लाख १० हजार ४५० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।