काठमाडौं । धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेका नेकपा माओवादीले निष्कर्ष निकालेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको भन्दै यसप्रति सचेत हुनुपर्ने निष्कर्ष निकालेको हो ।
देशका विभिन्न भागमा देखा परेको धार्मिक तथा साम्प्रदायिकता खल्बलिने गतिविधिको सम्बन्धमा बैठक बसेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । उनले त्यस्ता गतिविधिलाई गम्भिरतापूर्वक लिएर समाधान गर्न पहलकदमी लिनुपर्ने निष्कर्ष निकालिएको उनको भनाइ छ ।
सामाजिक सद्भाव कायम गर्न सबैले गम्भिरतापूर्वक लाग्नुपर्नेमा बैठकले जोड दिएको सापकोटाको भनाइ थियो ।