विराटनगर । कोशी प्रदेश सरकारले उराव समुदायका लागि शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले उराव समुदायको करम धर्म पर्वको अवसरमा उराव तथा झागड समुदायलाई शुक्रबार विदा दिने निर्णय गरेको हो ।
बैठकले उच्चस्तरीय प्रशासन सुधार कार्यदलको प्रतिवेदन २०८० सार्वजनिककरण गर्ने निर्णय पनि गरेको छ ।