• २०८३ असार १५
  • 2026 June 29, Monday

घोषित पुरस्कार खेलाडिले नपाएको भन्दै सांसद शाहद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । रास्वपा सांसद अशिम शाहले क्रिकेट खेलाडीलाई सरकारले पुरस्कारको घोषणा गरेर झुटो आश्वासनमा झुलाएको भन्दै असन्तुष्टि जनाएका छन् ।

प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै उनले क्रिकेट खेलाडीले खेल जित्दै जाँदा सरकारले भने उधारो पुरस्कार घोषणा गर्दै बसेको भन्दै आक्रोश पोखे ।

‘आज पनि नेपाली क्रिकेट टोलीले उत्कृष्ट प्रदर्शन गरेको छ। बधाई दिन त सरकारको बिर्सेन होला तर, पुरस्कार दिन चाहिँ बिर्सेको छ। सरकारको बिर्सेको कुरा पटक–पटक सदनमा उठाउँन मलाई लाज लाइसकेको छ।’ उनले भने, ‘क्रिकेट खेलाडीले लिग जित्दै गए सरकारले उदारो पुरस्कार घोषणा गर्दै गयो ।

खेलाडीले पाउनुपर्ने रकम १७ लाख जम्मा भइसकेको छ । तपाईंहरु खेल खेल्न जानुस् फर्किँदा पैसा आउँछ भनेर प्रधानमन्त्रीले भन्नुभयो । तर, भुक्तानीको कुरा छैन । तर, दलाल, विचौलिया, ठेकेदार कुरा भएको भए अग्रिम भुक्तानी हुन्थ्यो होला । तर, खेलाडिलाई झुटो आश्वासनमा झुलाइएको छ ।’