• २०८३ असार १५
  • 2026 June 29, Monday

लाज नमानिकन प्रजातान्त्रिक विकेन्द्रीकरण गरौँ : चित्रबहादुर केसी (भिडिओसहित)

काठमाडौं । सांसद चित्रबहादुर केसीले एकात्मक प्रणालीको विकल्प संघीयतात्मत प्रणाली नभएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा उनले भने ‘अब लाज नमानिकन प्रजातान्त्रिक विकेन्द्रीकरण गरौँ । नगरपालिका र गाउँपालिकालाई अधिकार दिऔं । नेपालमा एकात्मक प्रणालीको विकल्प संघीयतात्मक प्रणाली हुँदै होइन ।’

उनले यसअघि संघीयताले देश अघि नबढ्ने बताए । ‘मुख्यमन्त्रीलाई काठमाडौंको भैंसीपाटीमा दरबार बनाउने हो ? उहाँहरु प्रदेशबाट आएर यहाँ बास बस्न रे कठै बरा ! यहि हो अब चल्छ संघियता, सक्नुहुन्छ तपाईहरुले धान्न ।’ उनले भने ।

हेर्नुहोस्  भिडिओ :