काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुन–चाँदीको मूल्य बढेको छ ।
आइतबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य यसदिन प्रतितोला एक हजार रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ ।
आइतबार प्रतितोला १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ बढेको हो ।