रामकुमारी झाँक्रीद्वारा सेनाको चण्डीदल गणको भवन शिलान्याश

काठमाडौं । सिंहदरबारभित्र सेनाको चण्डीदल गणको लागि भवन निर्माण हुने भएको छ ।

सोमबार सिंहदरबारमा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले भवन निर्माण कार्यक्रमको शिलान्याश गरेकी हुन् । भवन निर्माणको अनुमानित लागत रकम ६५ करोड ९५ लाख रहेको शहरी बिकास भवन निर्माण बिभागले जनाएको छ । कार्यक्रममा मन्त्री झाँक्रीले तोकिएको समयभित्र भवन निर्माण हुने विश्वास व्यक्त गरिन् । सेनाका लागि अर्को भवन निर्माण गर्ने कामलाई पनि सुरु गर्ने उनको भनाई छ ।

उनले भवन निर्माणमा ढिलाई भए कार्यक्षमतामाथि नै प्रश्न उठ्ने भएकाले जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिएकी छन् । उक्त भवन दुई बर्ष भित्र नै निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१