• २०८३ असार ११
  • 2026 June 25, Thursday

कोशी प्रदेश संसदीय दलका नेताबाट उद्धव थापाले दिए राजीनामा

काठमाडाैं । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेताबाट उद्धव थापाले राजीनामा दिएका छन्।

शनिबार कांग्रेसका केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियक्त भएपछि थापाले दलको नेताबाट राजीनामा दिएका हुन्।

शनिबार पत्रकार सम्मेलन गरी थापाले दलको नेताबाट राजीनामा दिएको घोषणा गरेका छन्।

‘मैले दुई पटक अदालतबाट पदमुक्त बन्दै राजीनामा दिनुपर्ने थियो। तर, प्रदेशको अवस्थाले मलाइ त्यसबेला जिम्मेवारी छोड्न दिएन। अहिले राजीनामा दिएको छु,’ उनले भने।

थापाले नवनियुक्त मुख्यमन्त्री कार्कीलाई शुभकामना समेत दिए। ‘भोलि विश्वासको मत पुगेन भने हामी पनि मत दिन्छौ। उहाँलाई शुभकामना छ,’ उनले भने।