एकैदिन प्रतितोला एक हजार तीन सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य बढेको छ ।

मंगलबार प्रतितोला चार सय रुपैयाँ घटेको सुनको भाउ बुधबार एकैदिन प्रतितोला एक हजार तीन सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ ।

आज चाँदी प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँ बढेको हो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१