काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठकले अध्यक्ष माधव कुमार नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको छ ।
सोमबार काठमाडौंमा बसेको बैठकले राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्ययोजनासहितको अध्यक्षको प्रतिवेदन पारित गरेको हो । बैठकमा ३७ जना पोलिटब्यूरो सदस्यहरुले राखेका सुझावलाई समेत समेटेर परिमार्जन गर्ने निर्णय भएको नेकपा एसका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनले उक्त प्रतिवेदन आगामी फाल्गुन २५ गतेबाट सुरु हुने केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिने बताए ।
उनले पार्टी अब आसन्न स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुने जानकारी दिए । राजनीतिक प्रतिबेदनमा एमसीसी मुलुकको हित अनुसार अघि बढाइएको , गठबन्धनको रक्षा लगाएतका बिषय तथा निर्वाचन केन्द्रीय कार्ययोजना रहेको उनको भनाई छ ।
एमसीसीलाई संसदबाट अनुमोदनपश्चात सम्मानित नेता झलनाथ खनालसहितका नेताको असन्तुष्टि समाधानका लागि नेपालको प्रतिवेदनमा समेटिएको छ ।