काठमाडौं । नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्द र सामाजिक अभियन्ता तारा बरालबीच बिहे गर्ने सहमति भएको छ ।
कागजात गरि बिहे गर्ने सहमति भएको हो । कागजातमा लेखिएको छ ‘सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमबाट बारम्बार अर्नगल प्रचार गरी हाम्रो व्यक्तिगत, सामाजिक, पारिवारिक, मानसिक, राजनैतिक छविमा आँच आउने कार्य गरेकाले छिट्टै आवश्यक कागजात तयार गरी विवाह गर्ने सहमति गरियो ।’
चन्द डिर्भोसी हुन् भने बराल एकल महिला हुन् । यसअघि नै चन्द र बरालबीच सम्बन्ध रहेको चर्चा चलेको थियो ।
