काठमाडौं । नेपालले आइसिसी टि २० आई विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा आज युएईसँग खेल्दैछ । खेल बिहान ११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । विजेता टोली २०२४ को टि२० विश्वकप खेल्न पाउनेछ ।
महत्वपूर्ण खेलमा नेपाल र यू्एई दुवैले जित्नैपर्ने दबाब छ ।
नेपालको सम्भावित प्लेइङ–११ :
आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने र सन्दीप जोेरा वा दीपेन्द्रसिंह ऐरी मध्य एक ।