बढ्यो सुनको मूल्य,कतिमा हुदैँछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य २ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन २ सय रुपैयाँले बढरेर प्रतितोला १ लाख १५ हजार ९ सय रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन बिहीबार छापावाला सुन प्रतितोला १ लाख १५ हजार ७ सय रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य भने २५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१