• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

विश्वकप छनोटको फाइनलमा टिकटबाट उठेको रकम भूकम्प पीडितलाई

काठमाडौं । विश्वकप क्रिकेटका लागि छनोट भएको नेपाली क्रिकेट टोलीले भोलि खेल्ने फाइनल खेलबाट उठेको सम्पूर्ण रकमको ५० प्रतिशत भूकम्प पीडितका लागि उपलब्ध गराइने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले, भूकम्पका कारण भएको मानवीय क्षतिप्रति दुख व्यक्तगर्दै भोलि हुने खेलको टिकट बिक्रिबाट उठेको सम्पूर्ण रकमको ५० प्रतिशत भूकम्प पीडितको सहयोगार्थ प्रदान गर्ने घोषणा गरेको हो ।

‘जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रवार राति गएको भुकम्पले, पुर्याएको मानवीय तथा संरचनागत क्षतिले हामीलाई अत्यन्त मर्माहत तुल्याएको छ। यस भूकम्पमा परी ज्यान गुमाउने सम्पूर्ण नेपालीहरु प्रति श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गर्दछौं । साथै, घाईते सम्पुर्णको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आईसिसि टी २० विश्वकप २०२४ को एसिया छनौट अन्तर्गत आईतवार हुने नेपाल र ओमान बीच फाईनल खेलको टिकट बिक्रिबाट प्राप्त हुने रकमको ५० प्रतिशत रकम भुकम्प पिडितको सहयोगार्थ प्रदान गरिने घोषणा गर्दछौं’ नेपाल क्रिकेट संघ क्यानले भनेकाे छ ।